१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ६ शनिबार १४:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय सरकारका असल अभ्यास आदानप्रदान हुनुपर्छ : चिरीबाबु महर्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार १४:१o:oo

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास आदानप्रदान गर्न पालिकाहरूबिचमा समन्वय हुनुपर्नेमा जोड दिएका छन्। 

ललितपुर महानगरले भगिनी सम्बन्ध कायम गरेको सल्ल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरूसँग आज भएको छलफलमा उनले स्थानीय सरकारको जिम्मेवारीमा रहेका पालिकाहरू समृद्ध हुन एकअर्काका असल अभ्यास आदानप्रदान गर्नुपर्ने बताए। 

आर्थिक रूपले समृद्ध पालिकाले अन्य पालिकालाई सहयोग गर्नु उसको कर्तव्य भएको बताउँदै महानगर प्रमुख महर्जनले स्थानीयका समस्या समाधान गर्दै ललितपुर महानगर जनताकेन्द्रित रहेको बताए।  

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरका गतिविधिको सराहना गर्दै बजेट अभावका कारण आफूले विकास–निर्माणका सबै आयोजना कार्यान्वयन गर्न नसकेको गुनासो गरे।