१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ६ शनिबार १९:४५:oo
Read Time : < 1 मिनेट
समाचार

ट्याक्टरले किचेर एकजनाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार १९:४५:oo

फक्ताङलुङ गाउँपालिका–६, लेलेप चाँगामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। स्थानीय सोनाम शेर्पाका अनुसार इलाडाँडा घर भएका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमै मृत्यु भएको हो। भुछिरिङ महोत्सव हेर्न लेलेप जाँदै थिए।

गोलिया काठ बोकेर लेलेप जाँदै गरेको ट्याक्टरमा चढेका उनको त्यही ट्याक्टरले किचेर मृत्यु भएको गाउँपालिका उपाध्यक्ष विकास साम्राले जानकारी दिए। गोलिया ट्याक्टरहरूले लेलेप ओसरी रहेका छन्।

एकाघरका काका भतिज एउटै ट्याक्टरमा चढेर महोत्सव हेर्न जाँदै थिए। इलाडाँडाबाट केही तल पुगेपछि काकाले ट्याक्टर फेरेर अर्काेमा चढेका थिए। त्यही ट्याक्टर पल्टिएको सोनामले बताए। ट्याक्टर लोकमार्गबाट पल्टिएर एक डिल तल कृषि सडकमा पुगेको छ। 

लेलेप प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। मृतकका एक श्रीमती र दुई छोरा छन्। फक्ताङलुङ गाउँपालिका– ५, तापेथोकमा चार दिनअघि मात्रै पनि ट्याक्सी पल्टिँदा पाँचथर फिदिम घर भएका चाललको मृत्यु भएको थियो।