१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २९ शुक्रबार १o:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भियतनामबाट पहिलोपटक लुम्बिनीमा चार्टर उडान गराउँदै रुप्से होलिडेज

नेपाल–भियतनामबिचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १o:o१:oo

 रुप्से होलिडेज प्रालिले भियतनामबाट पहिलोपटक लुम्बिनीमा सीधा चार्टर उडान ल्याउने भएको छ । रुप्से होलिडेजले नेपाल–भियतनामबिचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भियतनामबाट चार्टर उडानमार्फत पर्यटक नेपाल ल्याउन लागेको हो । यसका लागि रुप्से होलिडेजले भियतनाम एयरलाइन्ससँगको सहकार्यमा तीनवटा विशेष चार्टर उडान सञ्चालन गर्न लागेको बताएको छ । उक्त चार्टर उडान ५ वैशाख तथा २ र १२ जेठमा भियतनामबाट सीधै लुम्बिनी आउनेछन् । 

पहिलो उडान भियतनामको हानोईबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (लुम्बिनी)मा अवतरण गर्नेछ । त्यस उडानमार्फत एक सय ८० जना बुद्ध धर्मावलम्बी पर्यटक लुम्बिनी पुग्नेछन् । त्यस्तै, २ र १२ जेठमा हुने उडानमार्फत थप पर्यटकलाई काठमाडौंमा अवतरण गराइने रुप्से होलिडेजले जनाएको छ । उनीहरूले १० दिनसम्म काठमाडौंलगायतका पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् ।

फर्कने उडानमार्फत इच्छुक नेपाली वा अन्य नागरिकले सस्तो मूल्यमा भियतनामको टुर प्याकेज र टिकट प्राप्त गर्न सक्नेछन्, जसले दुईदेशीय पर्यटन प्रवाहलाई सन्तुलित र परस्पर लाभदायक बनाउने विश्वास गरिएको छ । नेपाल–भियतनामबिच पर्यटन आदान–प्रदानमा रुप्से होलिडेजले यसअघि पनि चार्टर उडान गराइसकेको छ । यो सहयकार्यले दुवै देशबिचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने बताइएको छ ।