मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २० बुधबार
  • Saturday, 05 April, 2025
नयाँ पत्रिका म्याग्दी
२o८१ चैत २० बुधबार ११:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ चैत २० बुधबार ११:२९:oo

मालिका गाउँपालिका– ५ र धवलागिरि गाउँपालिका– ७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न  सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । 

धवलागिरि गाउँपालिका– ७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार ०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो। ०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ ।

पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौतालगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, ०७७ सालको बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र परिवर्तित परिस्थितिअनुसार बढेको लागत उपलब्ध गराउन सम्बन्धित निकायसँग समझदारी नहुँदा निर्माण व्यवसायी न्यायिक निरुपणका निम्ति अदालत गएपछि पुल निर्माण प्रभावित भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्माणको काम सुरु नै नभएपछि कार्यालयले ठेकेदारलाई पेस्कीस्वरूप प्रदान गरेको  ३३ लाख धरौटीबाट फिर्ता लिएको छ ।