मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार o९:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा आउने वर्ष २०८२ मा चार दिन बिदा थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o९:४८:oo

नेपाल सरकारले दिने सार्वजनिक बिदामा बागमती प्रदेश सरकारले आउने वर्ष ०८२ का लागि प्रदेशभित्र ४ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले निर्णय गरेकाबाहेक थप चार दिन बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरज लामिछानेले जानकारी दिए ।

उनका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेन्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदाबाहेक चार दिनको बिदा थप गरिएको हो । उक्त निर्णयसँगै विगतमा पर्व र दिवस विशेषमा बिदा दिन मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने अवस्था नरहेको उनले बताए । 

उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (वैशाख २४ गते), गाईजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गते गरी चार दिन बिदा दिने निर्णय गरेको हो । सरकारले मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा आउनेछ ।

ती बिदाहरू प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा लागू हुने उनले बताए । विगतमा भने प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विभिन्न पर्व र अवसरमा गरी ६ दिन बिदा दिने गरेको थियो ।