मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १९ मंगलबार o९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o९:१२:oo

मन्त्रिपरिषद्ले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।  प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमणको पूर्वसन्ध्यामा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । 

‘सभामुख आइपियू सम्मेलनमा जाने भएकाले यसबिचमा सदन चल्दैन । समितिहरूमा रहेका विधेयक नियमित छलफल गरेर टुंगिन्छन् । फेरि चाँडै बजेट अधिवेशन पनि बोलाउनुपर्ने भएकाले अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो,’ ती मन्त्रीले भने । 

सरकारले बजेट अधिवेशन १० वैशाखसम्म बोलाइसक्ने तयारी गरेको छ ।  अधिवेशन अन्त्यको सिफारिस भए पनि मंगलबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । ब‌ैठकले दुईवटा विधेयक पारित गर्ने कार्यसूची छ ।