मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अघि बढ्न आवश्यक : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o४:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अघि बढ्न आवश्यक रहेको बताएका छन्। राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को सहकार्यमा काठमाडौंमा आयोजित दुईदिने अन्तर्क्रियाको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ। तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकारात्मक धारणा पनि पैदा हुने गरेको छ,’ गभर्नरले भने, ‘तसर्थ, सञ्चारमाध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ।’

सही सूचना सम्प्रेषण होस् र गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैंकले विविध कार्यक्रम गर्दै आएको उनको भनाइ छ। गभर्नर पदमा रहँदा सहज तथा असहज दुवै परिस्थितिमा सञ्चारमाध्यमले सहयोग गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे।

‘अर्थतन्त्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुन्छ। पत्रकारले आर्थिक तथा वित्तीय सूचनाहरू सम्प्रेषण गरेअनुसार नागरिकले धारणा बनाउँछन्। पत्रकारले बुझेको कुरा सही भएमा सूचना पनि सही जान्छ,’ गभर्नर अधिकारीले भने, ‘केन्द्रीय बैंकले सार्वजनिक गर्ने तथ्यांकहरू कसरी लिन्छ? सार्वजनिक भएको तथ्यांक कहिलेसम्मको हो? यस्ता सबै विषयको जानकारी लिएर त्यसको व्याख्या र विश्लेषण गर्नुपर्छ।’

उनले सही सूचना प्रवाह गरेको खण्डमा नागरिकले आवश्यकताअनुसार सही निर्णय लिने तथा योजना बनाउन सहयोग गर्ने बताए। अहिले सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटोछोटो सामग्रीले पनि बजारमा धेरै प्रभाव पार्ने भएकाले सही सूचना प्रवाह आवश्यक भएको बताए।

कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएको बताए।