मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
रासस लस एन्जलस
Invalid date format १८:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना

Read Time : < 1 मिनेट
रासस, लस एन्जलस
नयाँ पत्रिका
Invalid date format १८:३६:oo

अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा एउटा सानो विमान दुर्घटना भएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ।

सोकाटा टिबिएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२ः२० बजे एउटा घरमा दुर्घटनाग्रस्त भएको हो। 

दुर्घटनामा विमानचालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले विमानमा रहेका कोही पनि जीवित नभएको जनाएका छन्।

‘आयोवाको डेस मोइनेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मिनियापोलिसको अनोका काउन्टी–ब्लेन विमानस्थलतर्फ गइरहेको विमान उड्नासाथ दुर्घटनाग्रस्त भएको हो,’ अमेरिकी संघीय उड्डयन प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नजिकैका प्रत्यक्षदर्शीहरूले स्थानीय टिभी स्टेसन केआरई ११ लाई बताएअनुसार विमान दुर्घटनापछि ब्रुकलिन पार्कको एक घरमा आगो लागेको थियो। 

अग्नि नियन्त्रण अधिकारीले पत्रकार सम्मेलनमा दुर्घटना र आगलागीको समयमा घरमा कोही पनि नभएको बताएका छन्। अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा समितिले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ।