मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५७:oo

आगामी जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ। २३ जेठमा काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो। विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)सँगको सहकार्यमा दौडसम्बन्धी अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुन लागेको हो।

नेपालमा एसियाली देशबाट रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने, केही सिक्ने र केही सिकाउने मञ्चका रूपमा यो कन्फ्रेन्स थालनी गर्न लागेको एम्स दूतसमेत रहेका नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले बताए।

दक्षिण एसियाबाहिर अन्य एसियाली मुलुकमा केही अगाडि नै दौडसम्बन्धी यस्ता कार्यक्रम आयोजना हुँदै आए तापनि दक्षिण एसियामा पहिलोपटक नेपालमा यस वर्षदेखि सुरु गर्न लागिएको बताइएको छ। थाइल्यान्डमा हरेक वर्ष एशिया रोड रेस फोरम हुने गर्छ। हरेक वर्ष अलग स्थानमा गर्ने अवधारणाबमोजिम भियतनाम, सिंगापुर, इन्डोनेसियामा मास पार्टीसिपेसन वर्ल्ड (एमपिडब्ल्यू) कार्यक्रम हुँदै आएको छ।

रेस नेपाल र नेपालगन्ज म्याराथनले इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागेको हो। एम्सको बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए। कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मूल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने उनले जनाए।

कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहनेछन्। पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग विशेष साक्षात्कार हुनेछ। पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन्।

कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्यान्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुरलगायत दक्षिण एसियाली राष्ट्रहरू गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहने बताइएको छ।