मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
रासस सियोल
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीन, दक्षिण कोरिया र जापान स्वतन्त्र व्यापारलाई सुदृढ गर्न सहमत

Read Time : < 1 मिनेट
रासस, सियोल
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

चीन, दक्षिण कोरिया र जापान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्न स्वतन्त्र व्यापार सुदृढ गर्न सहमत भएका छन्।

कार, ट्रक र अटो पार्टसलगायतमा अमेरिकी कर सुरु हुनुभन्दा केही दिनअघि उच्च व्यापार अधिकारीहरूबिच पाँच वर्षमा भएको यो स्तरको बैठकमा सो सहमति भएको हो। दक्षिण कोरिया र जापान प्रमुख अटो निर्यातकहरू हुन् भने चीन पनि अमेरिकी करहरूबाट नराम्ररी प्रभावित भएको छ।

बैठकमा दक्षिण कोरियाका उद्योगमन्त्री आन डक–ग्युन, उनका जापानी समकक्षी योजी मुतो र चीनका वाङ वेन्ताओ उपस्थित थिए।

‘तीन देशले व्यापक त्रिपक्षीय स्वतन्त्र–व्यापार सम्झौताका लागि आफ्नो वार्ता तीव्र पार्न आह्वान गरे र अनुमानयोग्य व्यापार र लगानी वातावरण सिर्जना गर्न सहमत भए,’ एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

दक्षिण कोरियाका उद्योगमन्त्री आनले तीन देशले साझा वैश्विक चुनौतीहरूको सामना ‘संयुक्त रूपमा’ गर्नुपर्ने बताए। ‘आजको आर्थिक र व्यापार वातावरण विश्व अर्थतन्त्रको बढ्दो विखण्डनले चिह्नित छ,’ उनले भने।

‘हाम्रो वरपरको अन्तर्राष्ट्रिय वातावरण निरन्तर परिवर्तन हुँदै गइरहेको छ, अनि अनिश्चितता बढ्दै गइरहेको छ,’ जापानी व्यापार अधिकारी यासुजी कोमियामाले पत्रकार सम्मेलनमा भने।

चिनियाँ अधिकारी वाङ लिपिङले भने, ‘एकपक्षीयता र संरक्षणवाद फैलिरहेको छ र तीन देशले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न जिम्मेवारी लिनुपर्छ।’ उनका अनुसार यी तीन देशले विश्वको जनसंख्याको २० प्रतिशत, विश्व अर्थतन्त्रको २४ प्रतिशत र विश्व व्यापारको १९ प्रतिशत हिस्सा ओगटेका छन्।

ट्रम्पले अप्रिल २ देखि अनुचित मानिएका व्यवहारहरूको उपचार गर्न प्रत्येक व्यापार साझेदारका लागि विशेष करहरूको प्रतिज्ञा गरेका छन्। तर, उनले गत हप्ता पत्रकारहरूलाई ‘लचिलोपन’ हुने र गत हप्ताको अन्त्यमा बजारले केही राहतका साथ प्रतिक्रिया दिएको देखिएको बताएका थिए।