मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Friday, 28 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १३ बुधबार o७:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी एसियन कप २०२७ छनोट, मलेसियासँग हार्‍यो नेपाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार o७:४६:oo

एएफसी एसियन कप २०२७ को छनोट चरणअन्तर्गत समूह ‘एफ’को पहिलो खेलमा नेपाल मंगलबार मलेसियासँग २–० ले पराजित भएको छ । मलेसियाको जोहोर बारुस्थित सुल्तान इब्राहिम रंगशालामा नेपालविरुद्ध घरेलु टोलीका हेक्टर हाबल र कोर्भिन ओङले समान एक गोल गरेका थिए । मलेसियाले पहिलो तथा दोस्रो हाफमा गोल गरेको थियो । खेलको मलेसियाले २९औँ मिनेटमा १–० को अग्रता लियो । घरेलु खेलाडी हेक्टरले नेपालको कमजोर डिफेन्समा गोल गरेका हुन् । उनले डिबक्सभित्रबाट प्रहार गरेको बल नेपाली डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलको ७०औँ मिनेटमा मलेसिया २–० ले अगाडि रह्यो । यसपटक कोर्भिनले वान टचमै गोल गरे । नेपालका प्रशिक्षक म्याट रोसले दोस्रो हाफमा तीन खेलाडी परिवर्तन गरेका थिए । खेलको ८५औँ मिनेटमा स्ट्राइकर रेजिन सुब्बाले राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले जिलेस्पीजंग कार्कीलाई विस्थापित गरेका हुन् । समूह ‘एफ’मा नेपालले अब भियतनाम र लाओससँग खेल्न बाँकी छ । छनोटको अर्को खेलमा भियतनामले लाओसलाई ५–० ले हराउँदै सानदार सुरुवात गरिसकेको छ ।

मलेसियाविरुद्धको खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । एसियाली फुटबल महासंघले रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिँदा खेल मलेसियामा भएको हो । 

अझै नेपाल गोलविहीन
मलेसियाविरुद्ध नेपाल आठौँ अन्तर्राष्ट्रिय खेल पनि जितविहीन भयो । नेपालले अहिलेसम्म मलेसियाको पोस्टमा गोल गर्न सकेको छैन । मलेसियाले आठ खेलमा गरी नेपालविरुद्ध २५ गोल गरेको छ । सन् १९८५ मा नेपालले विश्वकप छनोटमा मलेसियालाई गोलरहित बराबरीमा रोकेको थियो । मलेसिया र नेपालबिच पहिलोपटक सन् १९८३ मा मर्डेका कपमा खेल भएको थियो । सो खेलमा मलेसिया ७–० ले विजयी भयो । 

फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ । मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औँ स्थानमा छ । अब नेपालले १० जुनमा लाओससँग अवे खेल खेल्नेछ । त्यसपछि ९ अक्टोबरमा भियतनामसँग अवे खेल हुनेछ । हरेक समूहबाट शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।