मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ चैत १० आइतबार
  • Friday, 14 August, 2026
२o८१ चैत १० आइतबार २१:३२:oo
Read Time : < 1 मिनेट
अर्थ

वाडा अटो सोको पूर्वसन्ध्यामा पोखरामा मोटर र्‍याली प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १० आइतबार २१:३२:oo

वाडा अटो सोको पूर्वसन्ध्यामा पोखरामा आइतबार आयोजित मोटर र्‍याली प्रतियोगितामा पुरुषतर्फ सोभितमान बुद्धाचार्य (ड्राइभर), सुसिन लामा र महिलातर्फ तिसा जोशी (ड्राइभर), रेजिना श्रेष्ठ (नेभिगेटर) प्रथम भएका छन्। 

पर्यटकीय सहर पोखरामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिसँगै पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको आयोजनामा १४ देखि १७ चैतसम्म सो हुने भएको हो।

मोटर र्‍यालीमा ५३ जना पुरुष र २० महिला ड्राइभरले प्रतियाेगितामा सहभागिता जनाएकाे आयोजक वाडाका सदस्य बालकृष्ण कोइरालाले जानकारी दिए।

पुरुषतर्फ सहभागी अन्य ५२ जनालाई पछि सोभित र सुसिनको जाेडी प्रथम हुँदा सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छे दोस्रो, सुनील श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो भए। महिलातर्फ तिसा र रेजिनाको जोडी प्रथम हुँदा रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो, शोभा केसी र सरोज कायस्थ तेस्रो भए।