
भारतको नयाँदिल्लीमा चलिरहेको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सअन्तर्गत लङजम्पमा नेपालकी प्रभा आङ्देम्बेले रजत पदक जितेकी छिन् । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ खेलाडी सहभागी छन् ।
आङ्देम्बेले महिला दुई सय, चार सय मिटर दौड र लङजम्पमा भाग लिएकी छिन् । पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरीले प्रतिस्पर्धा गर्नेछन् । सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेलले भाग लिनेछन् ।
डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउनेछन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । एक महिनाको अन्तरालमा नेपालले पारा एथलेटिक्समा सहभागिता जनाएको यो दोस्रोपटक हो । नेपाल ४ देखि १४ फेब्रुअरीसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो ।