
सिद्धार्थ बैंक र मनिपाल टेक्नोलोजिज लिमिटेडबिच सम्झौता भएको छ । ग्राहकको वित्तीय सुरक्षालाई ध्यान दिँदै बैंकको वित्तीय प्रणालीलाई थप स्थिर र सुरक्षित बनाउन उक्त सम्झौता गरिएको बताइएको छ । यो सम्झौताले सम्पत्ति शुद्धीकरण (एन्टी मनी लाउन्डरिङ) प्रविधिको सुदृढीकरण हुने र वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतामा सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकका अनुसार यस सोलुसनले बैंकलाई कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङको प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान गर्न सक्षम बनाउनेछ । मनिपाल टेक्नोलोजिजसँगको सहकार्यमा सम्पत्ति शुद्धीकरण न्यूनीकरण प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाइने र बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित हुने अपेक्षासमेत गरिएको छ ।