मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २९ बिहीबार ११:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार ११:oo:oo

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फागुनमा सातै प्रदेशका विभिन्न स्थानमा बृहत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कृषक, उद्यमी, महिला तथा युवालाई लक्षित गरी आयोजना गरिएको बैंकले जनाएको छ । 

कार्यक्रममा व्यावसायिक योजनाको तयारी, बजारीकरणको सम्भावना, बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत तथा पारिवारिक बजेटका विषय समेटिएका थिए । त्यसैगरी, आम्दानी र खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बिमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुन सक्ने रकम अपचलन, ग्राहकको अधिकारलगायतका विषय पनि वित्तीय साक्षरता कार्यक्रका विषयवस्तु थिए । 

सहभागी व्यक्तिले यस्ता जनचेतनामूलक कार्यक्रमले भएका द्विविधा हट्ने र भविष्यमा आइपर्ने जोखिमलाई समयमा नै व्यवस्थापन गर्न सहजीकरण हुने धारणा व्यक्त गरेका थिए । बैंकले विगतदेखि नै यस्ता खालका कार्यक्रम सञ्चालन गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने बताएको छ ।