मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नवीन गुरुङ संखुवासभा
२o८१ फाल्गुण १७ शनिबार १८:४१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

अन्तरपालिका भलिबलको उपाधि पाँचखपन नगरपालिकाले जित्यो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १८:४१:oo

संखुवासभाको मकालु गाउँपालिकामा सम्पन्न अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि पाँचखपन नगरपालिकाले जितेको छ। शनिबार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिकालाई हराउँदै संखुवासभाको पाँचखपन नगरपालिकाले उपाधि जितेको हो।

पाँचखपनले २७–२५, २५–२३ र २५–२२ को सोझो सेटमा षडानन्दलाई हराएको हो। छिमेकी पालिका षडानन्द नगरपालिकाले उपविजेतामा नै चित्त बुझायो।

तेस्रो स्थानका लागि संखुवासभाको सभापोखरी र भोटखोला गाउँपालिकाबिच प्रतिस्पर्धा भएको थियो। सभापोखरीले २५–२२, २५–१३ को सोझो सेटमा भोटखोलालाई हरायो।

बिहीबारदेखि सुरु भएको प्रतियोगिताको शनिबार समापन भएको हो। प्रतियोगितामा आयोजक मकालु गाउँपालिका (ए) र (बी) दुई टिम, सभापोखरी, भोटखोला, पाँचखपन र भोजपुरको षडानन्द नगरपालिका गरी ६ टिमको सहभागिता थियो।

प्रतियोगिताको विजेतालाई एक कार्यक्रमबिच मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले नगद २ लाख ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे। उपविजेतालाई १ लाख २५ हजार, तेस्रो स्थानको टिमलाई ६० हजार र चौथो स्थानको टिमलाई नगद ४० हजार प्रदान गरिएको छ।

मकालु गाउँपालिकाले मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सम्मेलनको अवसरमा बुधबारदेखि आज शनिबारसम्म भलिबलका साथै विभिन्न कार्यक्रमहरूको आयोजना गरेको हो। महोत्सवका सबै कार्यक्रम समापन भएको गाउँपालिकाले जनाएको छ।