मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
दीपक भट्ट रामेछाप
२o८१ फाल्गुण १७ शनिबार १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार

प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १९:३६:oo

सभामुख देवराज घिमिरेले प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन्। शनिबार लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीस्थित श्री मावि ज्यामिरेखानीको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले नेपालको शिक्षाले समाजदेखि व्यक्तिगत जीवनमा समेत सुधार ल्याउन नसकेको भन्दै व्यवहारोपयोगी शिक्षा प्राविधिक र गुणस्तरीय हुनुपर्नेमा जोड दिए। 
उनले अहिले संसदमा शिक्षासम्बन्धी विधेयक छलफलमा रहेको बताए।

सभामुख घिमिरेले स्थानीय विशेषताको आधारमा विकास निर्माण गर्नुपर्ने र राजनीतिक दलका नेताहरूको पनि उत्तिकै ठुलो भूमिका रहने बताए। सोही कार्यक्रमको अवसर पारेर सभामुख घिमिरेले विद्यालयले प्रकाशन गरेको विद्यालयको मुखपत्रको विमोचनसमेत गरेका थिए। सभामुख घिमिरेले शुक्रबार खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिरको वार्षिक साधारणसभाको उद्घाटनसमेत गरेका थिए।

उक्त कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाको समग्र शिक्षा क्षेत्र तथा विकास निर्माणको विषयमा सभामुख घिमिरेसमक्ष गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी गराएका थिए। अध्यक्ष महतले शिक्षा र समग्र गाउँपालिकाको विकास निर्माणको लागि आवश्यक सहयोग गरिदिन आग्रहसमेत गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीका वडाध्यक्ष शिवप्रसाद न्यौपाने, बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।