मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार १५:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भयो : राष्ट्रपति पौडेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १५:o१:oo

राष्ट्रपति रामचन्द्र पौडेलल युवा जनशक्ति पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको बताएका छन् । पोखरा महानगपालिका १८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी सगै सराङकोटमा निमार्ण गरिएको पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन पछि राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टमार्फत काठमाडौंबाट सिधै सराङकोट पुगेका थिए ।
 
युवा जनशक्ति पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएकोले यस अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सवै पक्षलाई गम्भिर बन्न राष्ट्रपति पौडेलले आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले भने ‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो । यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ ।’ 

२०४६ सालमा देशमा भएके व्यवस्था परिवर्तनपछि गाउँगाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका पूर्वाधार पुगिसकेकाले अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भएका र जाने क्रममा रहेका युवा जनशक्तिलाई रोक्नु हाल मुलुकको लागि पहिलो आवश्यकता भएको भन्दै राष्ट्रपति पौडेलले भने ‘यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस्।’

राष्ट्रपति पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट्सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न सम्वद्ध सबैमा अपिल समेत गरेका थिए । जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको भन्दै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट समेत मुलुकको आर्थिक विकास भएको उनले बताएका थिए ।

अर्को प्रंसगमा राष्ट्रपति पौडेलले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने हालको मुख्य आवश्यकता रहेको बताएक थिए ।
 
पोखरा र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेकाले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । निजी क्षेत्रलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको र यस्का लागि आवश्यक नीति, नियम र कानून निर्माण गरेर उनीहरुलाई प्रोत्साहन गर्ने गरि काम गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह समेत गरेका थिए ।

अर्को प्रसंगमा पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई सिधै विश्वसँग जोडेको उल्लेख गर्दै जाउँ है पोखरा लगायतका पर्यटन प्रवद्र्धन अभियानमात्र होइन यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले समेत पोखरा विश्वकै एउटा घुम्नै पर्ने ठाउँका रुपमा विकास हुँदै गएको बताउदै पोखरालाई अझै आधुनिक, विकसित र सुविधासम्पन्न बनाउँदै लैजान नीति निर्माता, तीनै तहका सरकार, पर्यटन उद्यमी, व्यवसायी र यहाँका वासिन्दा दत्तचित्त भएर लाग्न सुझाव समेत दिएक थिए ।