मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
एजेन्सी वासिङ्टन
२o८१ फाल्गुण १७ शनिबार १४:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पले  जेलेन्स्कीलाई भने – तपाईं लाखौं मानिसको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ

Read Time : < 1 मिनेट
एजेन्सी, वासिङ्टन
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १४:४४:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्न लागेको आरोप लगाएका छन् ।  शुक्रबार ट्रम्प  जेलेन्स्कीबिच भएको वार्तामा ट्रम्पले यस्तो भनेका हुन् ।

‘तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ। ’तपाईं तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र तपाईंले जे गरिरहनुभएको छ, त्यो यो देशप्रति अपमानजनक छ,’ ट्रम्पले भने । ओभल अफिसमा भएको वार्तामा दुई नेताबीच आफ्ना आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ । 

वार्ताका क्रममा दुबै नेताले आफ्ना धारणा राख्ने क्रममा उनीहरुबीच भनाभनको अवस्था आएपछि ट्रम्पले यस्तो भनेका हुन् । वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएपछि आक्रोशित ट्रम्पले जेलेन्स्कीसँग भने, ‘तपाईंहरू या त सम्झौता गर्न तयार हुनुपर्छ। अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।’

अमेरिकी राष्ट्रपतिले हालै आफ्ना युक्रेनी समकक्षीलाई तानाशाहको संज्ञा दिएपनि युक्रेनको खनिज सम्पदा बाँडफाँड गर्ने र रुससँग शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा जेलेन्स्कीले ह्वाइट हाउसको भ्रमण  गरेका हुन् । 

फ्रान्स र बेलायतका नेताहरू पनि ह्वाइट हाउसमा आएर ट्रम्पलाई किएभसँगको सहकार्य नछोड्न गरिएको आग्रहपछि यो बैठक भएको हो ।रासस/एएफपी