मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १७ शनिबार १४:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिका र युक्रेनबीचको वार्ताले धेरै कुराको पाठ सिकाएको छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १४:o८:oo

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको उल्लेख गर्दै उनले  छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनुपर्ने उल्लेख गरे । 

अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताबारे सामाजिक सञ्जाल फेसबुकमा आज आफ्नो धारणा राख्दै उनले भनेका छन्, ‘छिमेककाविरूद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदोरहेछ, आज रूस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदैछ ।’ शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै उनले  क्षेत्रीय शान्तिबिना विश्वशान्ति सम्भव नहुने बताए ।

 एसियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड़ दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनःस्थापित हुने अवस्था भएको उनकाे भनाइ छ । 

‘अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भू–राजनीतिको द्वन्द्वको केन्द्र बन्नसक्ने संकेत गर्दछ, गाजा क्षेत्र प्यालेस्टानीहरूबाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ, साथै रूस र युक्रेनबीचको युद्ध अन्त्यका नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन, त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ।’ 

महासचिव पोखरेलले स्वार्थपरक नीतिले अन्ततःआर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भू–राजनीतिक द्वन्द्वको विकास गर्ने धारणा व्यक्त गर्दै प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरू विशेष ढंगले सचेत बन्नुपर्ने आवश्यक औँल्याए ।