
शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भई गएको भूकम्पले ६ जना सामान्य घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा भागदौड गर्दा केही घाइते भएका हुन्।
भूकम्पमा एक घर भत्किएको र तीनजना विस्थापित भएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयसहित अन्य पाँचवटा घरमा आंक्षिक क्षति पुगेको छ । ‘६ जना सामान्य घाइते भएका छन्,’ प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भने, ‘सिन्धुपाल्चोकमा प्रहरीको एक अस्थायी कार्यालयमा पनि सामान्य क्षति पुगेको छ ।’
बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस भएको थियो।