मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ फाल्गुण १३ मंगलबार १२:o९:oo
Read Time : < 1 मिनेट
समाचार

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १२:o९:oo

अन्तरजातीय विवाह गर्ने जोडीमाथि प्रहरी प्रशासन लगाएर जातीय हिंसा गरेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि कारबाहीको माग गरी दलित अधिकारकर्मीले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएका छन्। दलितका लागि दलित अभियान, भारतका तर्फबाट गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो। 

सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको जोडीलाई प्रहरी प्रशासन लगाएर ज्यादती गरिएको विषयमा उनीहरूले ज्ञापनपत्र बुझाएका हुन्। गृहमन्त्रीमाथि कारबाही नभए आन्दोलन गर्नेसमेत चेतावनी दिइएको छ । 

दलितका लागि दलित, अभियान भारतका प्रमुख जनक जनला, इन्चार्ज भीम मलाती विश्वकर्मा, महासचिव कृष्ण तिरुवाले दूतावासमा पुगेर ज्ञापनपत्र बुझाएका हुन्। 
अभियानले सोमबार काठमाडौंमा पनि प्रदर्शन गरेको थियो।