मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण ४ आइतबार १५:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठुला राष्ट्रिय आयोजनाहरू समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार १५:१२:oo

प्रधानमन्त्री केपी ओलीले ठुला राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सिक्टा सिँचाइ, बबई सिँचाइलगायतका ठुला आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीका अनुसार सरकार गठन भएदेखि नै यी आयोजनाहरूको समयमै कार्यान्वयन तथा निर्माण व्यवसायीको भुक्तानी समस्या समाधान गर्न पहल गरिएको छ। हालसम्म आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्म भुक्तानी गर्न बाँकी रहेको दायित्वमध्ये रु. २२ अर्ब ४३ करोड ३६ लाख भुक्तानी भइसकेको उनले जानकारी गराए।

प्रधानमन्त्री ओलीले ठुला राष्ट्रिय परियोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयहरूलाई नीति निर्देश गरिएको बताए। उनका अनुसार बजेट तर्जुमा गर्दा प्राथमिकताका आयोजनाहरूलाई पहिलो प्राथमिकता दिई बाँकी कार्यक्रम तथा योजनाहरूका लागि बजेट छुट्याइने नीति अपनाइएको छ।

नयाँ बहुवर्षीय आयोजनाहरूको स्रोत सुनिश्चित गर्न सरकार सशक्त रहेको भन्दै उनले विस्तृत आयोजना प्रतिवेदन वातावरणीय मूल्यांकन, जग्गा प्राप्ति प्रक्रिया, साइट क्लियरेन्स, मध्यमकालीन खर्च संरचना तथा खरिद गुरुयोजना स्वीकृति भइसकेका योजनाहरूलाई मात्र स्रोत स्वीकृति दिने कानुनी व्यवस्था मिलाइएको जानकारी गराए।