![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/corruption2025-02-11-11-20-08.jpeg)
विगत दुई वर्षमा एक–एक स्थान सुधार
विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालको स्थान सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२४ अनुसार अघिल्लो वर्षको तुलनामा नेपालको स्थानमा सुधार भएको हो ।
सिपिआई २०२३ मा नेपाल १०८औँ स्थानमा रहेकाेमा गत वर्ष त्यसमा सुधार भएर १०७औँ स्थानमा उक्लेको छ । विगत दुई वर्षयता नेपालको सूचकांकमा एक–एक अंकले सुधार आएको छ ।
सिपिआई २०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष सन् २०२३ मा नेपालको अंक ३५ थियो । एक अंक र एक स्थानले नेपालको सुधार भएको छ । ६ वटा विख्यात अन्तर्राष्ट्रिय संस्थाद्वारा विभिन्न क्षेत्र समेटेर गरिएको सर्वेक्षणलाई आधार मानी नेपालको सूचकांक तयार गरिएको छ ।
सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ । विश्वका दुईतिहाइ मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको सिपिआई प्रतिवेदनमा उल्लेख छ ।