मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २७ आइतबार
  • Wednesday, 12 March, 2025
२o८१ माघ २७ आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार

सल्यानको एक विद्यालयका १७ विद्यार्थी बिरामी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २७ आइतबार २o:३२:oo

कुमाख गाउँपालिका– ४ स्थित त्रिवेणी आधारभूत विद्यालयमा अध्ययनरत १७ बालबालिका बिरामी परेका छन्। उनीहरूको रुकुम पश्चिम चौरजहारीमा रहेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमा बारम्बार बान्ता हुने समस्या छ। 

आइतबार दिउँसो खाजा खाने समयमा विद्यार्थीहरूले विद्यालयनजिकैको सञ्जीवनीको फल खाएको र त्यसपछि बिरामी परेको विद्यालयका प्रधानाध्यापक कल्पना शाहले बताइन्। बिरामी पर्ने विद्यार्थीहरू कक्षा ६ मा अध्ययनरत तीनजना र बाँकी शिशु कक्षादेखि एक, दुई, तीन, चारका रहेको शाहको भनाइ छ। 

विद्यार्थीहरूले हरियो बान्ता गरिरहेको चिकित्सकको भनाइ छ। उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चौरजहारी अस्पतालका मेडिकल डाइरेक्टर डा. निमरोद लिम्बूले जानकारी दिए।

उनीहरू ६ वर्षदेखि ११ वर्ष उमेरका छन्।