Skip This
युवालाई आइटीमा अवसर दिनुपर्ने कांग्रेस स्टार्टअप सम्मेलनको निष्कर्ष
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
२o८१ माघ १८ शुक्रबार o८:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युवालाई आइटीमा अवसर दिनुपर्ने कांग्रेस स्टार्टअप सम्मेलनको निष्कर्ष

वार्षिक १० खर्बभन्दा बढीको आइटी सेवा निर्यात गर्न सकिने विज्ञहरूको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार o८:२३:oo

आइटी क्षेत्रमा उद्यमशीलता र जनशक्ति विकास हुनुपर्ने निष्कर्षसहित नेपाली कांग्रेसले आयोजना गरेको ‘स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन’ समापन भएको छ ।

केन्द्रीय कार्यालय, सानेपामा बिहीबार विभिन्न तीन शीर्षकमा भएको छलफलमा सरोकारवालाले आइटी क्षेत्रबाट वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने दरिलो आधारसहितको कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा इनोभेटिभ नेपाल (आइएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्न सकेमा वार्षिक १० खर्बभन्दा बढीको आइटी सेवा निर्यात गर्न सकिने बताएका थिए । 

उनले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आइटीले उछिनिसकेको बताए । युवापुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरका रूपमा लिनुपर्ने उनको सुझाव थियो ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. महानन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यावसायिक ज्ञान बाँड्ने कुरामा ध्यान दिनुपर्ने बताए । योङ इनोभेसनका संस्थापक विभूषण विस्टले सरकारी निकायबाट आइटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याए अहिलेको तुलनामा पाँच गुणाभन्दा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने दाबी गरे ।  

गाउँपालिका राष्ट्रिय संघकी अध्यक्ष लक्ष्मी पाण्डेले स्टार्टअप महत्वपूर्ण क्षेत्रका रूपमा उदाएको  बताइन् । सम्मेलनमा जेसिआई नेपालकी अध्यक्ष रजनी थापाले समयअनुसार महिलाले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताइन् । महिला उद्यमीले समयअनुसार क्षमता विकास गर्दै लैजानुपर्नेमा उनको जोड थियो ।