Skip This
आरबिबी मर्चेन्टको वार्षिकोत्सव : उत्कृष्ट डिम्याट खाता  खोल्ने १० शाखा सम्मानित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार १o:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आरबिबी मर्चेन्टको वार्षिकोत्सव : उत्कृष्ट डिम्याट खाता  खोल्ने १० शाखा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १o:१६:oo

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंकिङले १०औँ वार्षिकोत्सव मनाएको छ । सञ्चालक समिति अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा वार्षिकोत्सव मनाइएको हो । सोही अवसरमा उत्कृष्ट हितग्राही (डिम्याट) खाता खोल्ने १० शाखा प्रमुख पनि सम्मानित भएका छन् ।

खाता खोल्ने राष्ट्रिय वाणिज्य बैंकका बानेश्वर, कीर्तिपुर, इटहरी, चरिकोट, ललितपुर, नक्साल, सल्लेरी, सुर्खेत, हेटौँडा, बालाजु शाखाका शाखा प्रमुखलाई सम्मान गरिएको थियो । त्यसैगरी, संस्थाका दुईजना उत्कृष्ट कर्मचारीलाई सम्मानपत्रका साथै नगद पुरस्कारले सम्मान गरिएको पनि कम्पनीले जनाएको छ । 

कार्यक्रममा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथिहरू राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाकलगायतको उपस्थिति थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले नौ वर्षमा भएका कार्यप्रगति विवरण पेस गरेका थिए । विवरणअनुसार आव ०७३/७४ मा ०.३५ रुपैयाँ इपिएस (प्रतिसेयर आम्दानी) रहेकोमा आव ०८०/८१ मा बढेर १९.०७ रुपैयाँ कायम भएको छ । त्यस्तै, आव ०७३/७४ मा १००.७५ रुपैयाँ नेटवर्थ रहेको आरबिबी मर्चेन्ट कम्पनी गत आवसम्म्म १२८.०५ रुपैयाँ पुगेको छ । 

साथै, कम्पनीले कुल आयमा आर्थिक वर्ष ०७३/७४ देखि आव ०८०/८१ मा आइपुग्दा २०१ प्रतिशतले वृद्धि भएको र खुद मुनाफामा ६६० प्रतिशत वृद्धि गरी आव ०८०/८१ मा १८ प्रतिशत नगद लाभांशसमेत गरी कुल ५३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय वाणिज्य बैंकलाई दिएको बताइएको छ ।