Skip This
सशस्त्र प्रहरीमा विूभषणको नम्बर हट्ने, तालिमवापत अंक बढाइयो 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १७ बिहीबार २२:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सशस्त्र प्रहरीमा विूभषणको नम्बर हट्ने, तालिमवापत अंक बढाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार २२:३५:oo

सशस्त्र प्रहरी बलका कर्मचारीको बढुवामा तालिमवापत उच्च अंक राखिएको छ । यसअघि १३ अंक रहेकोमा बिधेयकमा नौ अंक  बढाइएको छ । सय पूर्णाङकमध्ये कार्यासम्पादन मूल्याङकनवापत ४०, ज्येष्ठतावापत २५ र तालिमवापत २२ अंक राखिएको छ । बढुवा समितिले दिने अंक तीन नम्बर घटाइएको छ भने बिशेष जिम्मेवारी तथा चुनौतीपूर्ण काम गरेवपात र शैक्षिक योग्यताको ५–५ नम्बर राखिएको छ ।  बढुवामा भौगोलिक क्षेत्रमा काम गरेवापतको आठ र विभूषणवापतको दुई  नम्बर हटाइएको छ । 

तालिमतर्फ दर्जागत अनिवार्य तालिमको नौ, कुदै दुई सेवाकालिन तालिमको १२ र कुनै एक दर्जागत अनिवार्य तालिममा प्रशिक्षक योग्य ग्रेडिङ प्राप्त गरे एक नम्बर प्रदान गरिने उल्लेख छ । 

यसअघि कार्यसम्पादन मूल्याङकन ४०, ज्येष्ठता २०, भौगोलिक क्षेत्रमा काम गरेवापत आठ, शैक्षिक योग्यताको सात, तालिमको १३, बिशेष जिम्मेवारीको पाँच, विभूषणको दुई र बढुवा समितिले पाँच अंक दिने प्रावधान थियो । 

बढुवालाई थप पारदर्शी बनाउन यस्तो प्रावधान राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ।  

यस्तो छ सशस्त्रको बिधेयक-