Skip This
माओवादीले अध्यादेश अस्वीकार गर्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १७ बिहीबार २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार

माओवादीले अध्यादेश अस्वीकार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार २o:३९:oo

प्रमुख प्रतिपक्षी माओवादीले गत पुसको अन्तिम साता सरकारले जारी गरेको अध्यादेशको प्रक्रियाले लोकतन्त्रलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ।

संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनजीविकाका सवाललाई सदनमा सशक्त ढंगले उठाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। ‘६ अध्यादेश जसरी आएका छन्, प्रक्रियागत हिसाबले बेठिक छन्, यसलाई अस्वीकार गर्ने सूचना दर्ता गर्ने र वर्तमान सरकार गठन हुँदा व्यक्त गरिएका प्रतिबद्धता लागू तथा जनजीविकाका सबाल सम्बोधन गर्न दबाब दिने निर्णय भएको छ,’ उनले भने। 
 
बैठकमा पार्टी अध्यक्ष दाहालले सदनमा सशक्त ढंगले प्रस्तुत हुन र जनताका मुद्दालाई प्राथमिकता दिएर उठाउन निर्देशन दिएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए। दलका नेताका रूपमा अध्यक्ष दाहालले अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने उनको भनाइ छ। रासस