Skip This
‘प्रथम त्रियुगा जलजले महोत्सव’ माघ २३ गतेदेखि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
२o८१ माघ १८ शुक्रबार ११:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘प्रथम त्रियुगा जलजले महोत्सव’ माघ २३ गतेदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार ११:३१:oo

उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपाकिलामा ‘प्रथम त्रियुगा जलजले महोत्सव–२०८१’ माघ २३ गतेबाट सुरु भई फागुन ३ गतेसम्म चल्ने भएको छ । ‘स्वदेशमा शिक्षा, रोजगार, कृषि, पर्यटनसँगै स्थानीय व्यवसायी प्रर्वद्धन क्षेत्रमा लगानी विस्तार’ भन्ने मुल नाराका साथ स्वर्णिम युवा क्लब जलजलेको अयोजनामा होत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवको तयारीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक रमाकान्त चौधरीले कृषि, शिक्षा, रोजगार, पर्यटन, व्यापार लगायतका विभिन्न एक सय भन्दा बढी स्टलहरु रहने जानकारी दिए । 

जलजले स्थित उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा आयोजना हुने महोत्सवमा राष्ट्रिय कलकारहरुको पनि प्रस्तुती रहने छ । जसमा सविन राई, तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योती मगर लगायतका कलकारहरुले प्रस्तुती दिनेछन् । उनले भने, ‘महोत्सवमा ८० लाख बढी कारोबार हुने अनुमान छ । महोत्सवबाट आएको आम्दानीको ४० प्रतिशत रकम जलजले नजिकै रहेको पार्क निर्माणमा खर्च गर्ने छौँ ।’

स्टलमा रैथाने खाना परिकार, लत्ताकपडा, स्थानीय उत्पादनहरु, कृषिजन्य वस्तुहरको विक्री वितरण हुने बताइएको छ । महोत्सवका मुख्य प्रायोजक फर्मी मोटर्स छ, भने सह–प्रायोजक बन्दीपुर केवुलकार रहेको आयोजकको भनाइ छ ।