Skip This
ग्यालेक्सी एस२५ सिरिजको प्रिअर्डरमा आकर्षक अफर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार o९:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्यालेक्सी एस२५ सिरिजको प्रिअर्डरमा आकर्षक अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार o९:५६:oo

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ स्मार्ट फोनको प्रि–अर्डर खुला गरेको छ । प्रिअर्डर बिहीबारदेखि १ फागुनसम्म चल्नेछ । बिहीबार पत्रकार सम्मेलनमा सामसङ नेपालका निर्देशक प्रणयरत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६ की अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका थिए । 

‘हामी ग्यालेक्सी एस२५ सिरिजका साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौँ । ग्यालेक्सी एस२५ सिरिजले तपाईंलाई सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै कार्यकारी सल्लाह र सुझाव दिनेछ,’ सामसँङ नेपालका निर्देशक श्रेष्ठले भने । 

ग्यालेक्सी एस२५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो, जसले एआई एजेन्ट र मल्टिमोडेल क्षमतालाई प्रयोगकर्ताको अन्तक्र्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईका लागि उच्चतम प्रोसेसिङ पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनका साथ उत्तम क्यामरा रेन्ज र नियन्त्रण प्रदान गर्छ ।

ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर सामसङको अधिकृत स्टोरमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२/२५६ जिबीबाट १२/५१२ जिबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स ३ प्रो, जसको मूल्य ३१,९९९ रुपैयाँ रहेको छ, मात्र १४,९९९ मा प्राप्त गर्न सक्नेछन् साथै ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि १,५०० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकले ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स ३ प्रो १४,९९९ मा र ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि १,५०० रुपैयाँमै प्राप्त गर्न सक्नेछन् ।