Skip This
विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्छु : शिक्षामन्त्री
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार o८:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्छु : शिक्षामन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार o८:११:oo

शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने बताएकी छिन् । बिहीबार एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद् बैठकमा उनले विद्यालय शिक्षा विधेयकबारे आफू अत्यन्तै दबाबमा रहेको बताउँदै संसद्बाट पारित गर्न नसकेमा पदबाट राजीनामासमेत दिने घोषणा गरिन् ।

यो विधेयक पार लगाउन नसकेको अवस्थामा शिक्षामन्त्रीको पदमा बस्न आवश्यक नरहेको उनको भनाइ थियो । ‘यदि विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर कुर्सीमा बसेको हो, सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ,’ उनले भनिन्, ‘काम गर्न सक्दिनँ भन्ने लागेको क्षण पद छोड्न तयार छु ।’

हाल संसद्को शिक्षा, स्वास्थ्य समितिमा विद्यालय विधेयक छलफलकै क्रममा छ । विधेयकमाथि समितिले सातै प्रदेशबाट सुझाव संकलन गरी त्यसलाई एकीकृत र अद्यावधिक गरिरहेको छ ।