मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १५ मंगलबार
  • Thursday, 30 January, 2025
२o८१ माघ १५ मंगलबार o६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लागुऔषध कारोबारीसँग भेटियो १० करोडको सम्पत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १५ मंगलबार o६:३o:oo

प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्य भन्छन्— पहिलोपटक लागुऔषध कारोबारीको सम्पत्तिसमेत खोजेर मुद्दा दायर भएको छ

लागुऔषध कारोबारमा संलग्न एक गिरोहका सदस्यसँग करिब १० करोडबराबरको अवैध सम्पत्ति भेटिएको छ । भारतबाट नेपालमा लागुऔषध तस्करी गर्ने बारा परवानीपुर– ३ का प्रदीप सर्राफसँग १० करोडभन्दा धेरै सम्पत्ति भेटिएको हो ।

उनको सो सम्पत्ति जफतको माग गरी प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले सर्राफलाई गत २ असोजमा लागुऔषधसहित पक्राउ गरेको हो । अनुसन्धान गर्दा उनी गिरोहको माथिल्लो तहका कारोबारी भएको र यही अपराधबाट उनले सम्पत्ति आर्जन गरेको देखिएपछि प्रहरीले लागुऔषधसहित गत मंसिरमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो । उनलाई १० करोड ८६ हजार पाँच सय ८० रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको ब्युरोेले जनाएको छ । स्थापनाको ३२ वर्ष लामो इतिहासमा ब्युरोले पहिलोपटक लागुऔषध कारोबारीको सम्पत्तिसमेत खोजेर मुद्दा दायर गरिएको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले बताए । गत वैशाखदेखि प्रहरीले सम्पत्ति शुद्धीकरणमा आफैँ अनुसन्धान गर्ने अधिकार पाएको हो ।

वर्षौँदेखि लागुऔषध कारोबारमा संलग्न सर्राफको घर, जग्गा तथा बैंकको नगद जफतको माग गरी मुद्दा दायर गरिएको ब्युरोका एक अधिकारीले बताए । प्रहरीले गत ३१ भदौमा बालाजु पवित्रनगरबाट नौ हजार क्याप्सुल ट्रामाडोलसहित पर्वतका बालकृष्ण अधिकारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सो क्रममा झापाकी सम्झना रोक्का पक्राउ परेकी थिइन् । रोक्काकै बयानका आधारमा बाराका सर्राफ र मनमोहन श्रेष्ठ पक्राउ परेका हुन् । चारैजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएको छ ।

सम्झना रोक्काविरुद्ध एक करोड ७२ लाख ५९ हजार, मनमोहन श्रेष्ठविरुद्ध एक करोड ५९ लाख सात हजार तथा बालकृष्ण अधिकारीविरुद्ध २५ लाख ४३ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।