मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ ६ आइतबार o८:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार o८:४२:oo

अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य स्थल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । 

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ ले दुई देशबिचको सम्बन्धलाई अझै मजबुत बनाउने बताए । नेपाल र चीनबिच आपसी सहयोग आदान–प्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उनले पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको बताए । दुई देशबिचको सहमति कार्यान्वयनको सिलसिलाअन्तर्गत नै भ्रमण वर्ष २०२५ आयोजना गरिएको उनले बताए ।  

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको बताए । चिनियाँ पर्यटक भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये संख्यामा दोस्रोमा पर्ने उनले बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा घोषणा गरेको बताए ।