मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
२o८१ पौष २७ शनिबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाको २५ मिटर सडक विस्तारको समस्या छिट्टै हल हुन्छः मेयर लामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार १७:१३:oo

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको समस्या छिट्टै हल हुने बताएकी छिन्। विगत लामो समयदेखि अवरुद्ध भएको हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विवाद समाधान हुने चरणमा रहेको उनको दाबी छ। 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको छैठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मेयर लामाले एसियन हाइवेअन्तर्गत रहेको हेटौँडा बजार क्षेत्रको राष्ट्रिय राजमार्गको समस्या हल हुने चरणमा रहेको बताइन्। 

एसियाली विकास बैंकले हेटौँडा बजार क्षेत्रको सडक निर्माणको विषयमा अध्ययन गरिरहेको र उक्त अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने तयारी रहेको उनले बताइन्।
आगामी चैतसम्ममा एडिबीले उक्त प्रतिवेदन सरकारलाई बुझाएर राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने उनको भनाइ छ। 

हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विवादका कारण विकास निर्माणसँगै नागरिकहरूमा पनि समस्या भइरहेको उनले बताइन्। हेटौँडा बजार क्षेत्रको सडक किनारमा रहेका जग्गाको मुआब्जा नदिए पनि क्षति भएको भौतिक संरचनाको क्षतिपूर्ति दिएर २५ मिटर सडक निर्माण गर्न उपमहानगरपालिकाले लबिङ गरिरहेको उनले बताइन्। उनका अनुसार हेटौँडा उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको छ।