मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १८ बिहीबार १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीले ६ महिने अभियान चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार १६:५o:oo

नेकपा (माओवादी केन्द्र)ले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी ६ महिने अभियान चलाउने भएको छ।

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले जनताका चाहना र आवश्यकता बुझ्न ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। देश गहिरो संकटमा पर्न लागेकाले अग्रगामी विचारसहित जनतालाई सुसूचित गर्ने र रुपान्तरणको महान् प्रक्रियामा जाने गरी अभियान सञ्चालन गर्ने निर्णय भएको सापकोटाको भनाइ छ।

‘अब हामीले रूपान्तरण भएर जनताको बिचमा जानुपर्छ भनेर आज हाम्रो पार्टीका अध्यक्षले दुईवटा अभियान चलाउनुपर्छ भन्नुभएको छ। एउटा मदन भण्डारी लोकमार्गलाई आधारित गरेर र अर्को हुलाकी राजमार्गलाई केन्द्रित बनाएर ६ महिना जनतामा  जानुपर्छ। जनताले के चाहेका छन्, के खोजेका छन्, जनता के विचार गर्दै छन्, यी समग्र कुराको अध्ययन गरी जनताबाट सिक्ने र सिकाउने गरी रूपान्तरणको एउटा महान् प्रक्रियामा जानुपर्छ भन्ने छ,’ बैठकपछि सापकोटाले भने।

आजको स्थायी कमिटी बैठकले पुस २१ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा पनि तय गरेको छ।