सन् १९५९ : फिडेल क्यास्ट्रो नेतृत्वमा रहेका क्युवाली क्रान्तिकारी राजधानी हवाना प्रवेश गरेसँगै तानाशाह बाटिस्टा देश छाडेर भागे ।
सन् १७८१ : इंग्ल्यान्डको कोलब्रुकडेलस्थिति सेभर्न नदीमा निर्मित विश्वको पहिलो फलामे पुल प्रयोगमा आयो ।
सन् १८०४ : पूर्वदासहरूको राज्य हैटीले फ्रान्सबाट लडेर स्वतन्त्रता हासिल गरेसँगै विश्वको पहिलो अश्वेत गणतन्त्र बन्यो ।
सन् १८०८ : संयुक्त राज्य अमेरिकाको संसद्ले दासदासीको आयात प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा ल्यायो । तथापि, देशभित्र ल्याइपुर्याइएका दासदासीको दमन भने यसले रोकेन ।
सन् १८६३ : अब्राहम लिंकनले ‘युनाइटेट स्टेट्स अफ अमेरिका (युएसए)’बाट छुट्टिएर बनेको ‘कन्फडरेट स्टेट्स अफ अमेरिका (सिएसए)’ मा बसोवास गर्ने दासदासी स्वतन्त्र भएको घोषणा गरे । सम्पूर्ण अमेरिकामा भने दुई वर्षपछि, संविधानको १३औँ संशोधनपछि मात्र दासदासी मुक्त गरिएका थिए ।
सन् १९१२ : चीनको राजतन्त्र अन्त्य गर्न संघर्षमा होमिएका क्रान्तिकारीहरूको सभाले सन यात–सेनलाई चीनका अन्तरिम राष्ट्रपति चुनेको तीन दिनपछि आजकै दिनबाट उनले कार्यकाल सुरु गरे ।
सन् १९५८ : हालको युरोपेली संघको पूर्र्वरूप अर्थात् युरोपेली साझा बजार मानिने ‘युरोपियन इकोनोमिक कम्युनिटी (इइसी)’ अर्थात् कार्यान्वयनमा आयो ।
सन् १९९३ : चेकोस्लोभाकीय शान्तिपूर्वक रूपमा चेक गणतन्त्र र स्लोभाकियामा गरी दुई मुलुकमा विभाजित भयो ।