मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Friday, 03 January, 2025
एजेन्सी सियोल
२o८१ पौष १७ बुधबार o७:३४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

दक्षिण कोरियाली पूर्वराष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : < 1 मिनेट
एजेन्सी, सियोल
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार o७:३४:oo

दक्षिण कोरियाली अदालतले महाभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने युनको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो ।

युनले गत डिसेम्बर ३ मा नागरिक शासनलाई केही समयका लागि निलम्बन गरेका थिए, जसले दक्षिण कोरिया दशकौँपछिको गम्भीर राजनीतिक संकटमा धकेलिन पुगेको छ । उनको कार्यलाई लिएर संसद्ले उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाइसकेको छ । तर, संसद्को महाभियोग अनुमोदन गर्ने कि नगर्ने विषय संवैधानिक अदालतको फैसलामा विचाराधीन छ । 

‘संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ र खानतलासी पुर्जी आज बिहान जारी गरिएको छ,’ संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ । यस मुद्दामा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुन सक्छ । निलम्बित राष्ट्रपति तेस्रोपटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए । ‘युनले न्यायोचित कारणविनै अनुसन्धानलाई बोलाउँदा बेवास्ता गरेपछि भविष्यमा यस्तो हुन सक्ने चिन्ताका कारण पक्राउ पुर्जी जारी गरिएको हो । उनले अपराध गरेको शंका गर्न पर्याप्त सम्भावित कारण छ,’ युनलाई प्रहरी चौकी वा सियोल हिरासत केन्द्रमा राख्न सकिने जानकारी दिँदै भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ) का एक अधिकारीले मंगलबार पत्रकार सम्मेलनमा भने ।