मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १७ बुधबार ११:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘१० माघदेखि भैरहवामा भूउपग्रहमा आधारित अवतरण प्रणाली’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार ११:o७:oo

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० माघदेखि भूउपग्रहमा आधारित उडान–अवतरण प्रणाली आरएनपी–एआर सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् । क्यानको २६औँ वार्षिकत्सव समारोहलाई सम्बोधन गर्दै आरएनपी–एआर प्रणाली सुरु भएपछि आठ सय मिटर भिजिबिलिटीमै जहाज अवतरण गर्न सकिने बताए । 

अहिले इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणालीमा १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । भूउपग्रहमा आधारित उडान–अवतरण प्रणाली सञ्चालनमा आएपछि हिउँदको समयमा पनि नियमित उडान हुने महानिर्देशक अधिकारीको भनाइ थियो । एक अर्ब रुपैयाँ खर्चेर इन्स्टल गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनमा भारतले अनुमति नदिएपछि क्यानले भूउपग्रहमा आधारित प्रणाली सञ्चालनमा ल्याउन लागेको हो । 

अहिले नेपालमा २८ वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्छन् । महँगो भाडा तिरेर दक्षिण कोरिया जाने नेपाली कामदारलाई आधाभन्दा कम भाडामा यात्रा गर्न पाउने गरी सीधा वा ट्रान्जिट उडानको व्यवस्था गरिएको महानिर्देशक अधिकारीले बताए ।