मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Sunday, 29 December, 2024
तस्बिर : सिन्ह्वा
रासस न्यूयोर्क
२o८१ पौष १३ शनिबार १४:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आप्रवासीका कारण अमेरिकामा घरबारविहीनको संख्या उच्चस्तरमा

Read Time : < 1 मिनेट
रासस, न्यूयोर्क
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार १४:१७:oo

संयुक्त राज्य अमेरिकामा घरबारविहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो।

सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो। ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, ‘यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले बढी हो र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन्। ’

जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसङ्ख्याको वृद्धि लगभग ७ प्रतिशतले बढेको छ।

सीमामा कमजोर सुरक्षाको कारण आप्रबासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रबासीका कारण बेरोजगार बन्ने र घरबारबिहीन हुने क्रम बढ्ने गरेको छ। यसबाहेक दुर्व्यसनका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारबिहीन बन्ने गरेका रिपोर्टमा उल्लेख छ।

ह्वाइट हाउस र अमेरिकी आवास तथा शहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि भने यो सङ्कट कम भएको छ।