नागढुंगा–सिस्नेखोला सुरुङको पूर्वी प्रवेशद्वारलाई पृथ्वी राजमार्गसँग जोड्न बलम्बुमा १२८ मिटर लामो ओभरपास निर्माण भइरहेको छ। १२ मध्ये ११ संरचना निर्माण सम्पन्न भइसकेको सुरुङमार्गमा अब ओभरपास निर्माण मात्र सम्पन्न हुन बाँकी छ।
अक्टोबरको अन्तिमसम्ममा ओभरपासको भौतिक प्रगति ८२.७० प्रतिशत र वित्तीय प्रगति ७५.८६ प्रतिशत रहेकोमा धमाधम काम भइरहेको छ। त्यसको निर्माण पनि अन्तिम चरणमा छ। ओभरपास र पूर्वी प्रवेशद्वारको बिचमा आवश्यकताअनुसार सडक पनि निर्माण भइसकेको छ।
सामान्य ढंगले निरन्तर रूपमा काम भए अर्को वर्ष ८ कात्तिक भित्र सुरुङमार्ग निर्माणको सबै काम सम्पन्न हुने बताइएको छ।
हेर्नुस् तस्बिरहरू :