मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १३ शनिबार ११:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोस्रो मुसिकोट महोत्सव सुरु : स्थानीय कलासंस्कृतिसंगै कृषि उपजको प्रर्दशनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार ११:४४:oo

गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सार बजारमा दोस्रो मुसिकोट महोत्सव तथा औधोगिक एवं व्यापार मेला सुरु भएको छ । मुसिकोट महोत्सव तथा औधोगिक एवं व्यापार मेलाको प्रमुख अतिथि तथा मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले स्थानीय कृषि उपज, कला संस्कृति र व्यापार व्यवसायको प्रर्वद्धनमा महोत्सव फलदायी बन्ने बताएका छन् ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा पुस १२ देखि सुरू भएकाे महोत्सव २१ गतेसम्म संचालन हुनेछ । महोत्सवको पहिलोदिन विभिन्न समुदायका झाँकीसहित बजार परिक्रम, वडागाउँको सरायँ नाच, वामीका नेवार समुदायको लाखे नाँच, संस्कार जागरण अभियानको लोक भजन प्रस्तुत गरिएको महोत्सव प्रचारप्रसार समिति संयोजक बसन्त अधिकारीले बताए ।

महोत्सवमा जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामग्रीहरूको प्रदर्शनी, कृषि प्रर्दशनी, शैक्षिक प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगीता सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

महोत्सवमा विभिन्न औधोगिक क्षेत्रबाट उत्पादित सामग्री सँगसँगै गुल्मी जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकार, विविध संस्कृति झल्कने झाँकी दैनिक रुपमा प्रस्तुत गरिने गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले बताए । व्यावसायीहरुबिच एकता कायम गरेर व्यापारमा उर्जा बढाउन महोत्सवले भूमिका निर्वाह गर्ने खरेलले बताए ।

‘मुसिकोट उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष ज्ञानहरि सापकोटाका अनुसार शनिबार खुल्ला पुरुष भलिबल प्रतियोगीताको उद्घाटन, मुसिकोट गायन आईडलको शुभारम्भ, परम्परागत सोरठी नृत्य लगायत राष्ट्रिय कलाकारहरु श्याम राना, सुनितामी परियार, शुशिला गौतम, उज्जवल गिरी, सिमा थापा लगायतको सांस्कृतिक प्रस्तुती रहने छ ।