साताभरमा बहमूल्य धातु सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । आइतबार तोलामा एक लाख ४९ हजार ६ सय रुपैयाँबाट सुरु भएको सुनको कारोबार साताको अन्तिम दिन शुक्रबार एक लाख ५० हजार सात सय रुपैयाँमा किनबेच भएको छ ।
साताको दोस्रो दिन सोमबार सुन तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ कायम भएको थियो । मंगलबारसम्म स्थिर देखिएको सुनको मूल्य बुधबार घटेर एक लाख ४९ हजार सात सय कायम भयो । बिहीबार मूल्य बढेर एक लाख ५० हजार तीन सय पुगेकोमा शुक्रबार चार सय बढेको छ ।
साताभरमा चाँदी भने तोलामा २५ रुपैयाँले बढेको छ । आइतबार तोलामा एक हजार सात सय ९० रुपैयाँ पुगेको चाँदी शुक्रबार एक हजार आठ सय १५ रुपैयाँमा किनबेच भएको छ ।