मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ९ मंगलबार o७:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

म्यानमार र थाइल्यान्ड जाने श्रमिकलाई परराष्ट्रको सर्कुलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार o७:२८:oo

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधिका क्षेत्रमा आकर्षक आम्दानीको प्रलोभनमा ठगी हुन थालेको भन्दै परराष्ट्र मन्त्रालयले सजगता अपनाउन सर्कुलर जारी गरेको छ । नेपाल र युएईमा रहेका युवालाई थाइल्यान्ड र म्यानमार लगेर तोकिएको काम नदिई श्रम शोषण गरेको उजुरी बैंकक र याहुनस्थित नेपाली दूतावासमा बढ्दै गएको सर्कुलरमा उल्लेख छ ।

आइटी क्षेत्रमा काम गर्ने भनेर थाइल्यान्ड र म्यानमार बोलाएर अन्य क्षेत्रमा जबर्जस्ती काममा लगाउने र तलब, सुविधा पनि नदिएर शोषण गर्ने गरेको पीडितहरूले दूतावासमा जानकारी गराएको परराष्ट्रले जनाएको छ । मन्त्रालयले म्यानमार, थाइल्यान्ड, कम्बोडिया, लाओसलगायत मुलुकमा जान चाहने वा जाने तयारीमा रहेका युवालाई ठगिन सक्ने जोखिमबारे सचेत हुन आग्रह गरेको छ ।

अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो करेन्सीलगायतका शंकास्पद आइटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई ठगी गरिरहेको मन्त्रालयले जनाएको छ । ठगी गर्ने गिरोहले गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार पु¥याई बन्दी बनाएर तलब, सुविधाविना काममा लगाउने गरेको उजुरी बढ्दै गएकाले त्यसतर्पm जानुअघि सचेत हुनुपर्ने मन्त्रालयले सर्कुलरमार्फत जानकारी दिएको छ ।