मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडौ‌
२o८१ पौष ८ सोमबार १३:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको मूल चुनौती पार्टी व्यवस्थापन हो : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १३:oo:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चुनौती रहेको बताएका छन् ।

नेपाली कांग्रेसको सयदिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौं महानगर समितिले क्षेत्रपाटीमा आज आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो, क्रियाशील सदस्यको संख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्त्व बुझाउन जरुरी छ ।’

हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा नेता सिंहले जोड दिए। देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्यमान्यता ल्याउन धेरै संघर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको उनले बताए। पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्ने उनले उल्लेख गरे।

काठमाडौंवासीले भोगेका पिरमर्का र समस्या समाधान गर्नतर्फ लाग्न नेता सिंहले काठमाडौं महानगर समितिलाई आग्रह गरे। एक सयदिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। काठमाडौं कांग्रेसको सयदिने विशेष अभियानका लागि नेता कृष्णप्रसाद सिटौला खटिएका छन् ।