मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २२ शनिबार
  • Wednesday, 15 January, 2025
२o८१ मङ्सिर २२ शनिबार १o:३१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रवि लामिछानेलाई भेटेपछि डा बाबुराम भट्टराईले भने–राज्यले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २२ शनिबार १o:३१:oo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी रकम अपचलनको आरोपमा प्रहरी अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै गएर लामिछानेसँग भेट गरेपछि डा. भट्टराईले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् । 

‘नयाँ राजनीतिक शक्तिहरूको उदय भइराखेको अवस्थामा एक सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ । जुन ढंगले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक लागेर र अन्यायपूर्ण भो भनेर नै आफ्नो ऐक्यबद्धता जनाउनका लागि आएको हुँ । उहाँको स्वास्थ्य बुभ्mन पनि आएको हो, स्वस्थ नै हुनुहुँदोरहेछ,’ भट्टराईले भने, ‘अलिकति प्रतिशोधपूर्ण व्यवहार भयो भन्ने बुझेको छु । वास्तविक पीडितहरूका समस्या सम्बोधन गर्नतिर नभई विषयान्तर गर्न खोजिएको छ । कानुनले आफ्नो बाटो लियोस्, तर त्यसको बहानामा राजनीतिक प्रतिशोध लिने काम नहोस् भन्ने हो ।’

भेटमा लामिछानेले आफूमाथि प्रतिशोध साधिएको बताएको भट्टराईले सुनाए । ‘रविजीले ममाथि राजनीतिक प्रतिशोध लिइएको छ । मैले सहयोग गरिराखेको छु–गर्छु, त्यसको बाबजुद पनि यो जुन भइराखेको छ, यो सन्देश बाहिर पुगोस् भन्नुभयो,’ भट्टराईले भने ।