वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौंबाहिर हातपात भएको छ। आफूमाथि रास्वपाका कार्यकर्ताले कुटपिट गरेको त्रिपाठीले बताएका छन्।
त्रिपाठीले लामिछानेको विपक्षमा कास्कीदेखि काठमाडौं जिल्ला अदालतमा बहस गरेका थिए। सोही आरोपमा आफूमाथि कुटपिट भएको उनको भनाइ छ। घटनाबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ। रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने आफ्नो पार्टीका सदस्य भएको पाइएमा उनीहरूलाई कारबाही गरिने बताएका छन्।
जिल्ला अदालतमा बुधबार लामिछानेको मुद्दामा थुनछेक बहस थियो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।