पोखरा एभेन्जर्सले एनपिएलको आफ्नो दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखराले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रन बनायो ।
पोखराका लागि मार्क्स क्रिचलीले ३० बलमा सर्वाधिक ३५ रन बनाए । आन्द्रेस गोसले २०, रेमन रेइफरले १७ बनाउँदा लिस्क माइकलले २५ रन बनाएका हुन् ।
बलिङतर्फ जनकपुरका लागि स्पिनर ललित राजवंशीले चार ओभरमा तीन विकेट लिए । जिमी निसमले दुई विकेट लिएका हुन् । किसर महतो र मोहम्मद होमसिनको नाममा एक विकेट रह्यो ।
यसअघि पोखरा चितवनसँग पराजित भएको थियो । जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई हराएको थियो ।