मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १६ आइतबार
  • Sunday, 01 December, 2024
२o८१ मङ्सिर १६ आइतबार o७:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय तह उपनिर्वाचन : हेटौँडा–१२ मा मतदान सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १६ आइतबार o७:२५:oo

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि मतादन सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईका अनुसार बिहान ७ बजेबाटै यहाँका दुईवटा मतदान स्थलका ९ केन्द्रमा मतदान सुरु भएको हो ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएसँगै रिक्त भएको अध्यक्ष पदका लागी आज निर्वाचन भइरहेको हो ।

निर्वाचनमा राजनीतिक दलहरुका तर्फबाट ९ र स्वतन्त्र ३ गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार छन् । यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा छन् ।

कुल ८ हजार ५३ मतदाता रहेको यस वडामा ४ हजार ४२८ जना पुरुष, ३ हजार ६२५ महिला र एक जना अन्य मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रतिभा आधारभुत विद्यालय सिक्रेनीमा र विष्णु ज्योति आधारभुत विद्यालय भोर्ले गरि दुईवटा मतदान स्थला कायम गरिएको छ । प्रतिभामा ५ र विष्णुज्योतीमा ४ गरी कुल ९ मतदान केन्द्र रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख ढकालका अनुसार प्रतिभा मतदान स्थलमा ४ हजार ४२८ र विष्णज्योतीमा ३ हजार ६२५ मतदाताले मतदान गर्नेछन् । 

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवाल आफै मतदान हुने वडामा उपस्थित भएका छन् भने चारवटै सुरक्षा नियकालाई परिचालन गरिएको छ ।

वडा प्रवेश गर्ने नाका र मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने नियमित पट्रोलिङ गरि वडाको सुरक्षा व्यवस्थामा उच्च निगरानी राखिएको प्रमुख जिल्ला अधिकारी चिलवालले बताए । उनले मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्न आग्रह समेत गरेका छन् ।