ग्लोबल आइएमई बैंकका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेल र समाज डेन्टलका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् ।
साथै, बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (इएमआई)समेत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतानुसार ग्राहकले समाज डेन्टलमा बैंकको डेबिट–क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लसमार्फत भुक्तानी गर्दा ओपिडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । साथै, एक्सरेबाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुस्ट १० प्रतिशत छुटसमेत दिने सम्झौता भएको छ ।
त्यसैगरी, किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले उपचारबापत खर्च १५ हजारदेखि अधिकतम पाँच लाखसम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । सुविधा उपभोग गर्न इच्छुक ग्राहकले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्नेछन् ।